विश्व हिन्दू महासंघ बैतडीको संयोजकमा थापा मनोनित 
                        
                        
                                                
                                             
                                                                    बैतडी –विश्व हिन्दू महासंघ बैतडीको संयोजकमा नरेन्द्रसिंह थापालाई मनोनित गरिएको छ ।
विश्व हिन्दू महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित थापालाई संयोजकमा मनोनयन गरिएको उल्लेख गरिएको छ ।
विश्व हिन्दू महासंघ प्रदेश कार्यालयका कार्यवाहक अध्यक्ष शिरोमणिकुमार ओझाले हस्ताक्षर गरेको मनोनय पत्रमा विधानको परिधिभित्र रहेर महासंघको नीति, नियम र अनुशासनभित्र रहेर काम गर्न थापालाई आग्रह गरिएको छ । 
दशरथचन्द नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत रहेका थापाले विश्व हिन्दू महासंघले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताए । 
संस्थाको विधान अनुसार हिन्दू धर्मको रक्षा, संरक्षण र प्रवद्र्धनमा आफू लागिपर्ने उनले बताए ।

 
प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:१९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    