Sagun Khabar
गौरामा गाइने फाग संरक्षण गर्न प्रतियोगिता 

बैतडी–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरामा गाइने फाग संरक्षणका लागि प्रतियोगिता सञ्चालन गरिएको छ । 

मेलौली नगरपालिका–२ स्थित गेरडा शिवधाममा गेरडा शिवधाम व्यवस्थापन समितिले शनिबार प्रतियोगिताको आयोजना गरिएको हो । 

गौराको समयमा गाइने सगुन,फाग,अठ्यावाली लगायतका संस्कृतिहरु लोप हुन थालेपछि संस्कृति संरक्षण र हस्तान्तरणका लागि प्रतियोगिताको आयोजना गरिएको गेरडा शिवधाम व्यवस्थापन समितिका व्यवस्थापक विवेकानन्द पाण्डेयले बताए । 

‘लोक तथा स्थानीय संस्कृतिको ज्ञान, नयाँ पुस्तालाई अग्रजहरुको आह्वान’ भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको हो । 

मेलौली नगरपालिका वडा नं २ को सहयोगमा प्रतियोगिताको आयोजना गरिएको व्यवस्थापक पाण्डेयले बताए । पुराना संस्कृतिकहरु जीवन पद्दतिका अभिन्न अंग भएपनि पछिल्लो समयमा लोप हुन थालेकाले गेरडा शिवधाम व्यवस्थापन समितिले संस्कृति संरक्षणको प्रयास स्वरुप प्रतियोगिताको आयोजना गरेको उनले बताए । 

स्थानीय संस्कृतिको संरक्षण र युवा पुस्तालाई सगुन, फाग सिकाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको मेलौली नगरपालिका –२ का अध्यक्ष कृष्णदत्त भट्टले बताए । उनले भने, ‘मौलिक संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो । त्यसैले हाम्रो संस्कृतिका बिषयमा नयाँ पुस्ता पनि जानकार हुनु आवश्यक छ ।’\

प्रतियोगितामा सहभागी भएर सगुन, फाग गाउने ६ ओटै टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिएको गेरडा शिवधाम व्यवस्थापन समितिका सचिव नरीदत्त भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update