Sagun Khabar
बैतडीको पाटनमा रास्वपाको भेला सम्पन्न, संकलित हस्ताक्षर केन्द्रलाई बुझाइयो 

बैतडी–बैतडीको पाटनमा शनिबार आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भेला सम्पन्न भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै त्यसका विरुद्ध हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको र सो अभियानको दोश्रो चरण अन्तर्गत पाटनमा भेला सम्पन्न गरिएको रास्वपा बैतडीका उपसभापति हेमन्त ऐरले बताए । 

बैतडीबाट सभापति लामिछानेको पक्षमा संकलन भएका हस्ताक्षर केन्द्रलाई बुझाइएको उपसभापति ऐरले बताए । संकलित हस्ताक्षरको संख्या भने एकीन हुन बाँकी रहेको उनले बताए । 

पाटनमा आयोजना गरिएको भेलामा रास्वपाका केन्द्रीय तथा जिल्लाका नेताहरुको सहभागिता थियो । 

उक्त भेलामा बोल्दै रास्वपाका नेता प्रमोद न्यौपाने सरकारले सभापति लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गरे । अब रास्वपालाई कसैले पनि अगाडि बढ्न रोक्न नसक्ने उनले दाबी गरे । 

यस्तै रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईँले रास्वपालाई अब नेतृत्वमा पुर्याउन ढिला गर्न नहुने बताए । बैतडीमा पनि युवाहरुको जुझारु टीम रास्वपामा रहेकाले युवाहरुलाई नेतृत्वमा पुर्याउनुपर्नेमा उनले जोड दिए । 

रास्वपा बैतडीका अध्यक्ष भीम नाथको अध्यक्षतमा भएको भेलामा केन्द्रीय सहप्रवक्ता प्रसाईँ प्रमुख अतिथी रहेका थिए । भेलामा केन्द्रीय नेता प्रमोद न्यौपाने, सुदूरपश्चिम इञ्चार्ज ज्ञानेन्द्र महता लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update