Sagun Khabar
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा : बैतडीका कुन पालिकाको कति अंक ?

बैतडी –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजा सार्वजनिक गरेको छ । 

स्थानीय तहहरुको गुणस्तर परीक्षण पछि आर्थिक बर्ष २०८०÷८१ को स्वमूल्यांकनको नतिजा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । 

कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्दति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यसहित लिजा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । 

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातारण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरेर १० ओटा सूचकको आधारमा स्थानीय तहहरुको स्वमूल्यांकन गर्ने गरिएको छ । 

मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार बैतडीमा ७७.२५ अंकसहित पुर्चौंडी नगरपालिका पहिलो बनेको छ भने ३१.२५ अंकसहित मेलौली नगरपालिका पुछारमा रहेको छ । 

लिजामा दोगडाकेदार गाउँपालिकाले ७६ अंक प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले ७४.७५ अंक प्राप्त गरेको छ भने दशरथचन्द नगरपालिकाले  ७४.५० अंक प्राप्त गरेको छ । 

यस्तै शिवनाथ गाउँपालिकाले ७४.२५ अंक प्राप्त गर्दा सिगास गाउँपालिकाले ६४.५० अंक प्राप्त गरेको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकाले ६१.५०, पाटन नगरपालिकाले ५६.५० र पञ्चेश्वर गाउँपालिकाले ५६ अंक प्राप्त गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update