सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा 
                        
                        
                                                
                                             
                                                                    बैतडी –सुदूरपश्चिम प्रदेशमा भोलि (आइतबार ) सार्वजनिक बिदा दिइएको छ । साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको बताए ।
कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार अर्थात् भदौ शुक्ल पक्षको पहिलो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।
थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् ।
दाजुभाइहरुले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन रही आएको छ । 
 
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०९:४३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    