बैतडीको डिलाशैनीका एक युवक बेपत्ता 
                        
                        
                                                
                                             
                                                                    बैतडी –बैतडीको डिलाशैनीका एक युवक बेपत्ता भएका छन् ।
डिलाशैनी गाउँपालिका वडा नं १ कोटपेटरा बस्ने ३० बर्षीय नरेश बोहरा गएको साउन ३१ गते शनिबारदेखि बेपत्ता रहेका उनका दाजु सुरेन्द्र बोहराले बताए ।
घरबाट काममा निस्केका बोहरा त्यसपछि घर नफर्किएका उनले बताए । कालो लेदरको जकेट र हाफ पाइन्ट लगाएका बोहरालाई कसैले फेला पारेमा नजिकको प्रहरीचौकीमा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । 
हराइरहेका बोहरालाई कसैले फेला पारेमा ९८५१३५४६६६ र ९८५१२२२२१३ मा खबर गरिदिन आग्रह गरिएको छ । 
बोहरा बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता थपिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०८:२७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    