Sagun Khabar
बैतडीको डिलाशैनीमा कांग्रेसको वडा सम्मेलन आइतबारदेखि 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले नेपाली कांग्रेसले वडा सम्मेलन गर्ने भएको छ । 

कांग्रेसको विधान अनुसार वडा सम्मेलन गरिने र त्यसका लागि तयारी भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

भदौ ८ गते आइतबार वडा नं १,२ र ३ को संयुक्त वडा सम्मेलन वडा नं २ को पार्टी कार्यालयमा सञ्चालन हुने सचिव जोशीले बताए । यस्तै भदौ ९ गते सोमबार वडा नं ५ र ६ को संयुक्त वडा सम्मेलन गोकुलेश्वर पुल बजारमा सञ्चालन हुने सचिव जोशीले बताए । 

वडा नं ४ र ७ को सम्मेलनका लागि पछि मिति तय हुने सचिव जोशीले बताए । 

वडा सम्मेलनमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्नुका साथै क्रियाशील सदस्यता वितरण गर्ने कार्यक्रम समेत रहेको नेपाली कांग्रेस बैतडीका अर्का सचिव प्रेमबहादुर चन्दले बताए । 

जिल्लाका ८४ ओटा वडामध्ये ४९ वडामा वडा सम्मेलन सकिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकाका वडाहरुमा सम्मेलन गर्न बाँकी रहेको छ भने केही अन्य पालिकाका वडाहरुमा समेत सम्मेलन हुन बाँकी रहेको सचिव चन्दले बताए । 
नेपाली कांग्रेसको संगठनलाई चुस्तदुरुस्त बनाउन वडा सम्मेलन गर्ने गरिएको उनले बताए । 

वडा सम्मेलनमा जिल्ला सभापति चतुरबहादुर चन्द, सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ । 

1-1755835464.jpg

2-1755835478.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update