
बैतडी –जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रबाट एक बर्षको अवधिमा दुई सय ४२ जनाले सेवा लिएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सीएमसीको सहयोगमा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसीबाट ) हिंसा प्रभावितहरुले सेवा लिएका हुन् ।
हिंसा प्रभावितहरुलाई उपचार, कानुनी र परामर्श लगायतका सेवाहरु एकै ठाउँबाट प्रदान गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
एक बर्षको अवधिमा दशरथचन्द नगरपालिका एक ५५ जना, पाटन नगरपालिकाका २१ जना, मेलौली नगरपालिकाका १३ जना र पुचौँडी नगरपालिकाका ३ जनाले सेवा लिएका छन् ।
यस्तै सुर्नया गाउँपालिकाका १५ जना, दोगडाकेदार गाउँपालिकाका ८ जना, पञ्चेश्वर गाउँपालिकाका ६ जना, डिलाशैनी गाउँपालिकाका ४ जना, शिवनाथ गाउँपालिकाका ३ जना र सिगास गाउँपालिकाका ३ जनाले सेवा लिएको ओसीएमसीकी मनोसामाजिक परामर्शकर्ता तारा भट्टले बताइन् । एक बर्षको अवधिमा जिल्ला बाहिरका ८ जनाले सेवा लिएको उनले बताइन् ।
एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवा लिनेमध्ये शारीरिक हिंसामा परेका ५३ जना, मानसिक हिंसा प्रभावित ९७ जना, स्रोत साधनबाट वञ्चित ६५ जना, बलात्कारका घटनाबाट पीडित १३ जना, बलात्कार प्रयास घटनाबाट प्रभावित ४ जना, बहुविवाहबाट पीडित ४ जना, बालविवाहबाट पीडित ४ जना र यौन दुव्र्यवहारका घटनाबाट पीडित २ जना रहेका छन् ।