Sagun Khabar
दार्चुलाको होपरीमा जिप दुर्घटना हुँदा ११ जना घाइते 

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा बिहीबार बिहान साढे ८ बजेको समयमा  जिप दुर्घटनामा परेको हो । 

होपरीबाट होपरीगाड तर्फ गइरहेको लोकेन्द्रसिंह ठगुन्नाले चलाएको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । 

दुर्घटनामा परि घाइते भएका ११ जना मध्ये २५ बर्षीया पार्वती टमाटा, २६ बर्षीय मोहन ठगुन्ना, १८ बर्षीया अप्सरा महता र ३५ बर्षीय उमेश ठगुन्ना गम्भीर  घाइते भएका छन् । अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावतले बताए ।

गम्भीर घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक रावतले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।  

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update