Sagun Khabar
डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ 

डडेल्धुरा –डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रहरीले दपक सिजाली र गगन बोहराको घर कोठा खानतलासी गर्दा दुवै जनाको घर कोठाबाट १÷१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुकसहित दिपक सिजालीलाई नियन्त्रणमा लिएको र गगन बोहरा भने फरार रहेको जनाएको छ । 

फरार रहेको बोहराको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update