बैतडी घर भएका एक बालक दार्चुलामा मृत फेला

बैतडी –बैतडी घर भएका एक बालक दार्चुलामा मृत फेला परेका छन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भएका १५ बर्षीय सन्दीप जोशी सोमबार राति मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।
दार्चुलाको भू तथा जलाधार कार्यालयमा कार्यरत आफ्नै बुवासँग दार्चुला सदरमुकाम खलंगामा बस्दै आएका जोशी मृत फेला परेका हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महेन्द्र मावि खलंगमा कक्षा १० मा अध्ययनरत सन्दीपको मृत्यु भएपछि जोशी परिवार शोकमा डुबेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ०९:३९
प्रतिक्रिया दिनुहोस्