Sagun Khabar
दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छ : मन्त्री भण्डारी

कञ्चनपुर –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताएका छन् । 

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले दोधारा –चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने प्रक्रियामा अघि बढेको बताए । 

तीन अर्ब ८० करोडको लागतमा बन्ने गरी ठेक्का सम्झौता भएको बन्दरगाह प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको उनले बताए । 

नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताए । 

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update