बैतडीबाट चामलको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाइयो 
                        
                        
                                                
                                             
                                                                    बैतडी–बैतडीबाट सिल्की ग्रेडिङ चामलको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका–२ स्थित स्यागैर बजारबाट किनेको चामलमा प्लास्टिक भएको उपभोक्ताले आशंका गरेपछि नमूना संकलन गरेर परीक्षणका लागि खाद्य प्रयोगशाला धनगढीमा पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ललित कठायतले जानकारी दिए ।
सुर्नया गाउँपालिका–२ ग्वानीका एकजना उपभोक्ताको गुनासो प्राप्त भएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार जनप्रतिनिधिसहितको रहोबरमा चामलको नमूना संकलन गरिएको र परीक्षणका लागि धनगढी पठाइएको कठायतले बताए ।
नमूना परीक्षण पश्चात कैफियत देखिएमा ऐन अनुसार कारवाही हुने कठायतले बताए । 
 
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    