Sagun Khabar
एमाले बैतडीको बैठक सम्पन्न, के–के भए निर्णय ? 

बैतडी–नेकपा एमाले बैतडीको सातौं जिल्ला कमिटिको बैठक शुक्रबार सम्पन्न भएको छ । 

पार्टी कार्यालय गढीमा सम्पन्न भएको बैठकले पार्टीको दोश्रो केन्द्रीय विधान महाधिवेशनको लागि तयारी गर्ने निर्णय गरेको छ । आगामी भदौ २० देखि २२ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने विधान महाधिवेशनका लागि जिल्लाको तयारी गर्ने निर्णय भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले जानकारी दिए । 

यस्तै पार्टीको आन्तरिक जीवनलाई प्रभावकारी रुपमा चलायमान बनाउन पार्टीका सबै तहलाई सक्रिय बनाउने निर्णय भएको उनले बताए । 

यस्तै बैठकले जिल्लामा विपद्का घटनाबाट प्रभावित भएकाहरुलाई पार्टीका तर्फबाट गर्न सकिने सहयोग गर्ने र सरोकारवालाहरुलाई पनि सक्रिय रुपमा लाग्नका लागि आग्रह गर्ने निर्णय भएको उनले बताए । 

एमाले बैतडीका अध्यक्ष नरेश विकको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । बैठकमा जिल्ला कमिटि सदस्य, पालिका कमिटिका अध्यक्ष, प्रदेश कमिटिका सदस्य लगायतको सहभागिता थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update