Sagun Khabar
बैतडी अस्पतालले माग्यो जनशक्ति 

बैतडी –जिल्ला अस्पताल बैतडीले विभिन्न पदमा करार कर्मचारीहरुका लागि आवेदन आह्वान गरेको छ । 

चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न पदमा आवेदन आह्वान गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले जानकारी दिए । साउन २३ गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न १४ पदमा आवेदन आह्वान गरेको छ । योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ । 

जिल्ला अस्पतालले फार्मेसी अधिकृत एक जना, फार्मेसी सहायक एक जना, स्टाफ नर्स ६ जना, हेल्थ असिष्टेन्ट दुई जना, फिजियोथेरापी सहायक दुई जना, डेन्टल हाइजिनिष्ट एक जना र ल्याब टेक्निसियन दुई जनाका लागि आवेदन आह्वान गरेको छ । 

जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन करार सेवामा कर्मचारी भर्नाको तयारी गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

Hospital-1755230733.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update