Sagun Khabar
दार्चुलामा टिंकर खोलाको बाढीले तीनओटा काठे पुल बगायो 

दार्चुला –दार्चुलाको व्याँस गाउँपालिकाको टिंकर खोलाको बाढीले तीनओटा काठे पुल बगाएको छ । 

बाढीले पुल बगाएपछि टिंकर गाउँसँगको सम्पर्क विच्छेद भएको छ । खोलामा आएको बाढीले तीनओटा काठे पुल बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । 

बाढीले टिङ्कर खोला पुल, नाम्पा पुल र चम्लिङ खोलाको पुल बगाएको व्याँस गाउँपालिका –१ का विरेन्द्रसिंह तिंकरीले जानकारी दिए । 

बाढीबाट अन्य क्षति नभएको प्रहरी निरीक्षक रावतले बताए । लगातारको बर्षाले खोलामा बाढी आएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update