बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
सुर्नया गाउँपालिकाका गाउँकार्यपालिका सदस्य दासी ढोलीको निधन भएको शोकमा गाउँपालिका कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
ढोलीको अकल्पनीय निधनको खबरले गाउँपालिका परिवार स्तब्ध भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित ढोलीको आइतबार उपचारकै क्रममा कञ्चनपुरमा मृत्यु भएको थियो ।
दलित अधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका ढोली २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३ ०७:३८
प्रतिक्रिया दिनुहोस्





