अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु 
                        
                        
                                                
                                             
                                                बैतडी–बैतडीको भञ्ज्याङमा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ ।
गएराति ९ बजेतिर सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
सडक डिभिजन कार्यालय पाटन बैतडीको एक्साभेटरले पहिरो पन्छ्याएपछि सडक सुचारु भएको उनले बताए ।
सडक सुचारु भएसँगै विभिन्न जिल्लाबाट बझाङका लागि छुटेका गाडीहरु र बझाङबाट विभिन्न जिल्लाका लागि छुटेका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । 
 
 
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १०:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    