Sagun Khabar
बैतडीको भञ्ज्याङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध 

बैतडी –बैतडीको भञ्ज्याङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

गएराति ९ बजेतिर सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लाबाट बझाङका लागि छुटेका गाडीहरु र बझाङबाट विभिन्न जिल्लाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा २० भन्दा बढी गाडी उक्त ठाउँमा रोकिएका जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको तर लगातारको बर्षाले समस्या भइरहेको उनले बताए । 

सडक डिभिजन कार्यालयको जेसीबीले पहिरो पन्छ्याउने कार्य भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update