दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ 
                        
                        
                                                
                                             
                                                                    दार्चुला –दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ घर भई हाल महाकाली नगरपालिका ४ बस्ने ३१ बर्षीया धाना धामी शाहुलाई वन लसुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
भारतबाट अवैधरुपमा नेपाल ल्याउन लागेको ५ किलोग्राम वनलसुनसहित धामीलाई पुलघाट नाकाबाट सोमबार साँझ पक्राउ गरिएको उनले बताए ।
संकलन पूर्जी विनाको वन लसुन भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।
धामीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:३०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    