
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिको आग्रह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा दर्ता शिविर शुरु गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।
शनिबार वडा नं ६ को कार्यालय डडियामा शिविरको उद्दघाटन गरिएको प्रवक्ता भट्टले बताए ।
सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि नागरिकहरुको मार्कालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको प्रवक्ता भट्टले बताए ।
श्रावण मसान्तसम्म वडा नं ६ मा शिविर सञ्चालन हुने र डिलाशैनी गाउँपालिकाका पायक पर्ने स्थानका नागरिकलाई शिविर आएर परिचयपत्र बनाउन आग्रह गरिएको प्रवक्ता भट्टले बताए ।
आवश्यकता अनुसार श्रावण मसान्तपछि अन्य वडाहरुमा पनि शिविर सञ्चालन गरिने प्रवक्ता भट्टले बताए ।
राष्ट्रिय परिचय पत्र बनाउनका लागि जेष्ठ नागरिकहरुलाई समस्या भएपछि स्थानीय सरकारहरुसँगको सहकार्यमा स्थानीयस्तरमै दर्ता शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । यसअघि सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा शिविर सम्पन्न भइसकेका छन् ।
यस्तै मेलौली नगरपालिकामा शिविर सञ्चालनमा रहेको छ भने डिलाशैनीमा आजदेखि शिविर शुरु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
अन्य स्थानीय तहहरुमा पनि आवश्यकता अनुसार दर्ता शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पुर्चौंडी नगरपालिकामा इलाका प्रशासन कार्यालय हाटबाट राष्ट्रिय परिचय पत्र वितरणको काम भइरहेको छ भने दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्र वितरणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।