
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित जगदम्बा मावि रानीबुङ्गाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गणेशसिंह थापा चयन भएका छन् ।
शुक्रबार भएको अभिभावकहरुको भेलाले थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । उक्त समितिमा घनश्याम भट्ट, उषा थापा,जगदीश थापा, पार्वती भट्ट र माया महर सदस्य रहेका छन् ।
समितिमा विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावल सदस्य सचिव रहेका छन् । समितिका वडाको प्रतिनिधि र एकजना शिक्षक प्रतिनिधि थप हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि थापाले विद्यालयको चौतर्फी विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका थापा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि विद्यालयको हरेक क्षेत्रमा विकास हुने अपेक्षा गरिएको छ ।
वि.सं २००२ सालमा स्थापना भएको जगदम्बा मावि रानीबुङ्गमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ ।