Sagun Khabar
लगातारको वर्षाले बैतडीमा एक घर भत्कियो

बैतडी – लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ गैर बस्ने धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको अस्थाई प्रहरी पोष्ट सतबाँझका इन्चार्ज अम्बादत्त  जोशीले बताए । घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको उनले बताए ।

अविरल वर्षाका कारण  शुक्रबार विहान भित्र पानी पसेर पूर्णरूपमा घर भत्किएको इन्चार्ज अम्बादत्त  जोशीले जानकारी दिए । 

ठूलो पानी  परेर भित्ताहरुमा क्षति पुगेपछि घरनै पूर्णरुपमा भत्किएको छ । घर भत्किएपछि भट्ट परिवार  अहिले आफन्तको घरमा बसेको प्रहरी इन्चार्ज जोशीले बताए  ।

घर भत्किएपछि आफुहरुलाई बसोबासका लागि समस्या भएको घरधनी भट्टले  बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update