-1754461494.jpg)
बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा बर्षाका कारण पहिरो खसेपछी अवरुद्ध बनेको सडक सुचारु भएको छ ।
बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक गएराती पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको सडक १० : ३० बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
अविरल बर्षाका कारण गएराती सडक माथी बाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा अलपत्र परेकाथिए । रोकिएका सवारि साधान र यात्रुहरु अहिले आ आफ्नो गन्तब्य तिर लागेका छन् ।
सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारुगरिएको प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए । बर्षातको समयमा बेला बेला सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।