बैतडीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी - बैतडीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिण्डाका ५३ वर्षीय केशब राज भट्ट रहेका छन । जिल्ला अदालत दार्चुलाले २०८१ असोज ७ गते चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकेको थियो ।
जरिवाना तोके पछि भट्ट फरार भएको थिए । मगंलबार उनलाई घर बाट नियन्त्रणमा लिई जरिवाना असुल उपरका लागि जिल्ला अदालत बैतडीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १५:०६
प्रतिक्रिया दिनुहोस्