Sagun Khabar
जन्मदिनको अवसर पारेर बिष्टद्धारा जनता मावि आरुबाटामा ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना

बैतडी-  बैतडीको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिस बिष्टले २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । जन्मदिनको अवसर पारेर वडा अध्यक्ष बिष्टले सोही वडाको जनता मावि आरुबाटामा २५ हजार रुपैया बराबरको ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना गरेका हुन् ।

जनता माविका विव्यस अध्यक्ष दिवान सिंह बिष्ट र  प्रद्यानाध्यापक बिर्खराज अवस्थीलाई वडा अध्यक्ष बिष्टले उक्त रकम बराबरको चेक हस्तान्त्रण गरेका हुन् । उक्त रकमबाट आउने ब्याज बराबरको रकम उक्त विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरु छनौट गरि छात्रवृत्ति प्रदान गरिने वडा अध्यक्ष हरिस बिष्टले बताए ।

वडा नं ८ मा अध्यक्षको रुपमा निर्वाचित भएपछि कार्यभार समाल्दै बिष्टले आफुले पाउने सेवासुविधाबाट एक महिनाको पारीश्रमिकको रकम असहाय, गरिब, टुहुरा, जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिवद्धतासहितको निर्णय गरेका थिए । सोही प्रतिवद्धता अनुसार विद्यालयमा अक्षयकोष स्थापना गरिएको बिष्टले बताए । 

यसअघिका वर्षहरुमा यस वडामा रहेका विद्यलयमा हुने कार्यक्रमहरुमार्फत विद्यार्थीहरुलाई सहयोग रकम तथा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेका थिए । यस वर्षदेखि अक्षयकोष स्थापना गरेका हुन् । आगामी वर्षमा अर्काे विद्यालयमा अक्षयकोष स्थापना गर्ने अध्यक्ष बिष्टले बताएका छन् ।

यसबाट विद्यालयमा अध्यायन गर्ने गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकाहरुलाइ केहि सहयोग पुग्ने भएकाले ‘वडा अध्यक्ष अक्षयकोष’ स्थापना गर्दा खुसिलागेको विद्यालयका विव्यस अध्यक्ष दिवान सिह बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update