
बैतडी- बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सिगास गाउँपालिका वडा न.४ सिराडी घर भएका धनबहादुर साउँदकी श्रीमती अन्दाजी २६ -२७ वर्षीया भागरथी साउँद गएको तीनदिनदेखि बेपत्ता रहेकी धनबहादुर साउँदका भतीजा चन्द्रसिह साउँदले बताए ।
यही साउन १५ गते राती केहि नगद र लुगाकपडा सहित घरबाट एक्कासी हिँडेकी भागरथी अहिले सम्म सम्पर्कमा नआएको भतीजा साउँदले जानकारी दिएको छ । रोजगारीको सिलसिलामा हाल भारतमा रहेका भागरथीका श्रीमान धनबहादुर साउँदले भागरथीको खोजी गरिदिन आग्रह गरेका छन् ।
सिगासकै वडा न.४ रक्सौन माइतीघर भएकी भागरथी माइतमा पनि नरहेको बताइएको छ । भागरथीको घरमा तिन छोरी र एक छोरा रहेका छन् ।
भागरथीलाइ यदि कसैले भेट्टाएमा ९८६५६७६५७४ नम्बरमा फोन वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरीदिन उनका श्रीमान धनबहादुर साउदले आग्रह गरेका छन् ।