बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर
                        
                        
                                                
                                            
                                                                    बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।
जिल्लाको पुर्चाेैडी नगरपालिका घर भएका बसन्त बहादुर धानुक सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिहिबार हाजिर भएका हुन् ।
केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धानुकलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत धानुकलाई विहिबार गाउँपालिकामा स्वागत गरिएको छ ।
गाउँपालिकामा हाजिर भएका धानुकलाई गाउँपालिकाका कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १६:२३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
