बैतडी- बैतडीमा स्वतन्त्र बिद्यार्थी युनियन सेटिगाउँ बहुमुखि क्याम्पस र क्याम्पस प्रसाशनको समन्वयमा निःशुल्क निम्न माबि र माबितहका अध्यापन अनुमति पत्रका कक्षाहरु सञ्चालन गरिएको छ ।
“जहाँ विद्यार्थी त्यहाँ स्ववियु सधै विद्यार्थीको हक अधिकार र शैक्षिक रुपान्तरणको पक्षमा” रहेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन सेटिगाउँ बहुमुखी क्याम्पस र क्याम्पस प्रशासनको समन्वयमा निःशुल्क रूपमा माध्यमिक तह र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्रका कक्षाहरु बुधबार आज बाट सञ्चालन गरिएको सेटिगाउँ बहुमुखि क्याम्पस गोकुलेश्वरका स्ववियु सभापति कृष्ण सिह रावलले बताए ।
६ जना दक्ष अनुभबि शिक्षकद्धारा निःशुल्क रूपमा माध्यमिक तह र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्रका कक्षाहरु सुरु गरिएको रावलले बताए ।
जुनसुकै क्याम्पसमा अध्यनरत इच्छुक विद्यार्थीहरुले कक्षाहरुमा सहभागी हुन पाउने रावलले बताए । पछिल्लो समयमा बिभिन्न बिषयमा अध्यनरत बिद्यार्थीहरु पहाड बाट तराइ तथा जिल्ला बाहिर गइरहेकाले त्यस्ता बिद्यार्थीहरुले गाउँठाउँ नजिकै सहजै तथा निशुल्क सेवा पाउन भन्ने हेतुले कक्षा सञ्चालन गरिएको रावलले बताए ।
करिब दुइ महिना सम्म चल्ने कक्षाहरु बेलुका ४ बजे बाट सञ्चालन हुने रावलले बताए ।
अब आउदा दिनहरूमा पनि अनलाईन माध्यमबाट काठमाडौ लगायत अन्य ठाउँका इन्सीच्युडहरु संग पनि समन्वय गरेर अनलाइन माध्यमबाट क्याम्पसमै तयारी कक्षाहरु सञ्चालन गर्ने तयारीमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरका प्रमुख राजेन्द्र प्रसाद जोशीले बताए ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
