Sagun Khabar
बैतडीको पुर्चौडी नगरपालिका वडा न. १० को कार्यालयमा तालाबन्दी

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका वडा न १० को कार्यालयमा तालाबन्दि गरिएको छ । 

गत असार ३२ गतेको बर्षा र श्राबण २-३ गतेको अबिरल बर्षाका कारण पुर्चौडी नगरपालिका वडा न १० बिजयपुर देखि दोगडाकेदार हुँदै सदरमुकाम जिड्ने प्रमुख सडक खण्डमा पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएको स्थानिय अम्मर महराले बताए ।

पुर्चाैडी नगरपालिका  १० बिजयपुर सडक खण्डको भङाड बस्तीमा सडक छेउछाउ  भासिएर पहिरो जादा ६ वटा घर उच्च जोखिममा परेका स्थानिय अम्मर महराले बताए ।

पहिरोको जोखिममा रहेका परिवारहरुले पहिरो पन्छ्याउन वडा कार्यालय र पालिकामा समेत जानकारी गराएको थियो । तर १३ दिन सम्म पनि पहिरो पन्छ्याउन आनाकानी गरेकाले ताला लगाउन बाध्य भएको स्थानिय अम्मर महराले बताए ।  

यता वडा अध्यक्ष हिक्मत बहादुर बिष्टले भने आफुले समस्या बारे जानकारी पाएको र मेसिन बिग्रेका कारण पठाउन नसकेको बताए । अहिले मेसिन मर्मत भइरहेकाले भोली सम्म डोजर पठाउने वडा अध्यक्ष बिष्टले बताए ।  

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update