दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध 
                        
                        
                                                
                                            
                                                                    दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । सोमबार अपिहिमाल गाउँपालिका र सामाजिक सुरक्षा कोष बीच सामाजिक सुरक्षा कोषमा आवद्ध हुने गरि ओैपचारिक सम्झौता भएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएसँंगै गाउँपालिकामा कार्यरत १ सय ५० जना भन्दा वढी करारमा कार्यरत कर्मचारी, स्वयंसेवक, शिक्षक–कर्मचारीहरुको निवृत्तिभरण, बिमा, उपचार खर्च लगायतको सुविधा पाउने उनले बताए ।
करारमा कार्यरत कर्मचारीहरु तथा शिक्षकहरुको लागि यो उल्लेखनीय कदम हुने उनको भनाइ छ ।
अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका रहेको अध्यक्ष बोहराले बताए । 
 
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०९:४८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
