बैतडीको जेउडेमा पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध 
                        
                        
                                                
                                            
                                                                    बैतडी–बैतडीको पाटन नगरपालिका–४ जेउडेमा पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
सोमबारदेखि लगातार भइरहेको बर्षाका कारण जेउडे मोडमा सडकमाथिबाट पहिरो खसेको र सडक अवरुद्ध भएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए ।
आज बिहान साढे ६ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि सवारी साधनहरु बीचबाटोमै रोकिएका छन् ।
जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युतको पोल समेत जोखिममा रहेको बताइएको छ । 
 
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०८:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
