
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेसले वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शनिबार नेपाली कांग्रेसको दोगडाकेदार गाउँपालिका कार्यसम्पादन समितिको बैठकले पालिकाका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताए ।
गाउँपालिका समिति सभापति नन्दराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक बिरबहादुर बिष्टको सहभागिता रहने जोशीले बताए ।
साउन १३ गतेदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रम साउन २० गते सम्पन्न हुने जोशीले बताए ।
साउन १३ गते वडा नं २ को कमलमपुर बडियामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ भने साउन १४ गते वडा नं ८ को कटौंजपानीमा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
यस्तै साउन १५ गते वडा नं १ को रीममा, साउन १६ गते वडा नं ६ को सित्तडमा, साउन १७ गते वडा नं ५को न्वालीमा, साउन १८ गते वडा नं ४ को श्रीकेदार, साउन १९ गते वडा नं ३ को श्रीकोट र साउन २० गते वडा नं ७ को देउलेकमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिले जनाएको छ ।
जिल्लाभरी प्रशिक्षण अभियान सञ्चालन गर्ने योजना अनुसार दोगडाकेदारमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिन लागेको नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक बिरबहादुर बिष्टले बताए ।
प्रशिक्षण नेपाली कांग्रेसको विचार, निती, विधान र संगठन विस्तार लगायतका बिषयमा छलफल हुने उनले बताए ।