Sagun Khabar
सल्लाको रुख ढल्दा सकार स्वास्थ्यचौकी भवनमा क्षति 

बैतडी–बर्षासँगै आएको हावाहुरीले सल्लाको रुख ढल्दा बैतडीको सकार स्वास्थ्यचौकी भवनमा क्षति भएको छ ।

शुक्रबार दिउँसो २ बजेतिर पानीसँगै आएको हावाहुरीले सल्लाको रुख ढलेर पाटन नगरपालिका –१ स्थित सकार स्वास्थ्यचौकी भवनमा क्षति पुर्याएको हो । 

स्वास्थ्यचौकी भवनमा सल्लाको रुख ढल्दा चारकोठे भवनको एक कोठा पूर्ण रुपमा नष्ट भएको छ भने अर्को कोठामा आंशिक क्षति भएको सकार स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईले जानकारी दिए । 

प्रयोगशाला सञ्चालन गरिएको कोठामा रुख ढल्दा प्रयोगशाला सामग्री र अन्य कागजपत्र पूर्ण रुपमा नष्ट भएका उनले बताए । यस्तै कुपोषित बालबालिकाहरुको उपचार गर्ने ओटिसी सञ्चालन गरेको कोठामा आंशिक क्षति भएको बताइएको छ । 

रुख ढलेर स्वास्थ्यचौकीमा करीब ३ लाख जतिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तत्कालका लागि स्वास्थ्यचौकीले प्रदान गर्दै आएको प्रयोगशाला सेवा अवरुद्ध भएको स्वास्थ्यचौकी प्रमुख भट्टराईले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update