
बैतडी –लागू औषध चरेशसहित बैतडीका तीन जना कैलालीबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ भरतपुरबाट ४६९ ग्राम लागू औषध चरेशसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ का २८ बर्षीय चन्द्रसिंह ऐरी, सोही ठाउँका २५ बर्षीय मोहन भट्ट र २५ बर्षीय महेश विक रहेका डिएसपी चन्दले बताए ।
यस्तै १ किलो चरेशसहित बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ का ३९ बर्षीय गगन बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटेलबाट बोहरालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।