कञ्चनपुरमा खैरो हेरोइनसहित चारजना पक्राउ

कञ्चनपुर –कञ्चनपुरमा खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल फर्कदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिका –११ का भीमबस्तीका २० बर्षीय निशान्त ढकाल, कैलालीको धनगढी उपमहानगरपालिका–३ तिल्केतालका १८ बर्षीय किशोर र धनगढी उपमहानगरपालिका–१४ स्याउलेका १८ बर्षीय अर्का किशोरलाई डोके बजार चेकप्वाइन्टमा चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीचौकी परासनबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई बुधबार पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका –९ ब्रह्मदेवबाट सोही ठाउँका २० बर्षीय सञ्जय लावडलाई पनि खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ १०:००
प्रतिक्रिया दिनुहोस्