Sagun Khabar
बैतडीको डङसिलीमा मध्यम बर्षा, साना खोलामा बहाव बढ्ने जोखिम 

बैतडी –पछिल्लो ६ घण्टामा बैतडीको डङसिली वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ ।

सो क्षेत्र हुँदै बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी, पेकारनस र आसपासका वर्षामापन केन्द्रहरुमा मध्यम बर्षा मापन भएको छ । यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै धनकुटाको मछुवाघाट,त्रिवेणी र आसपासका केन्द्रहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मकवानपुरको भोर्लेनी, उदयपुरको कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको अइसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षामापन भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update