Sagun Khabar
बैतडी कांग्रेसका पुराना नेता पार्कीको स्वास्थ्य अवस्था बारे गृहमन्त्री लेखकले जानकारी लिए 

बैतडी –नेपाली कांग्रेस बैतडीका पुराना नेता शेरीराम पार्कीको स्वास्थ्य अवस्थाको बारेमा गृहमन्त्री रमेश लेखकले जानकारी लिएका छन् ।  

नेपाल प्रहरी अस्पताल काठमाण्डौैंको निरीक्षण अवलोकनका क्रममा गृहमन्त्री लेखकले पार्कीको स्वास्थ्य अवस्थाको बारेमा आज जानकारी लिएका हुन् । 

बैतडीको मेलौली घर भएका पार्कीको नेपाल प्रहरी अस्पातलमा उपचार भइरहेको छ । आन्द्रामा समस्या आएपछि उनी उक्त अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् । 

गृहमन्त्री लेखकसँगै पार्कीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नका लागि प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री शिवराज भट्ट, राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेय, नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी पनि अस्पताल पुगेका थिए । 

नेता पार्कीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update