बझाङमा लागू औषधसहित दुई जना पक्राउ 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङको चैनपुरबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुरका सन्दीपन बोहराको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको हो ।
प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई कोठामा  लागू औषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय, बझाङले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ । 
 
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
