Sagun Khabar
यू–२० साफ महिला च्याम्पियनशिप : नेपालद्वारा भूटान ८ गोलले पराजित 

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई ८ गोलले पराजित गरेको छ । बङ्गलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा भएको खेलमा नेपालले भूटानलाई ८ गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपालका लागि मिना देउवा र पूर्णिमा राईले ह्याट्रिकसहित तीन÷ तीन गोल गरिन् । यस्तै समीक्षा मगर र कुसुम खतिवडाले एक÷ एक  गोल गरिन् । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।

प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डबल राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जित निकालेको थियो ।

नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जित निकालेको छ ।

अङ्क तालिकामा नेपाल पाँच खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बङ्गलादेश १२ अङ्कका साथ दोश्रो स्थानमा छ । नेपालले पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update