डडेल्धुरामा हँसिया प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरे

डडेल्धुरा –डडेल्धुरामा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले हँसिया प्रहार गरेर ४० बर्षीया श्रीमती खिमादेवी भुलको हत्या गरेका हुन् ।
डडेल्धुरा प्रहरीले करनलाई शुक्रवार बिहान पक्राउ गरेको छ । उनले बिहिवार राति श्रीमतीको हँसिया प्रहार गरेर हत्या गरेका थिए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२ १६:५५
प्रतिक्रिया दिनुहोस्