Sagun Khabar
शेयर सदस्यमाझ लोकप्रिय बन्दै बैतडीको सिद्धकेदार सहकारी 

बैतडी–बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानीस्थित सिद्धकेदार बचत तथा ऋण सहकारी संस्था शेयर सदस्यहरुमाझ लोकप्रिय बन्दै गएको छ । जिल्लाका अधिकांश सहकारी संस्थाहरु बन्द भएको बेला सिद्धकेदार बचत तथा ऋण सहकारी संस्था अब्बल बन्दै गएको छ । 

२०५६ साल जेठ २९ गते स्थापना भएको सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा निरन्तर सेवा दिइरहेको सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष जयबहादुर ऐरीले बताए । 

५२ जना शेयर सदस्य र ९ सय २५ रुपैयाँ पूजीबाट शुरुवात गरिएको सहकारी संस्थामा अहिले ३ सय ५० जना शेयर सदस्य रहेका छन् । यस्तै २ सय ५० बालबचतकर्ता र ६ ओटा संस्थागत बचत सदस्य रहेका सहकारी संस्थाका व्यवस्थापक नारदसिंह ऐरीले बताए ।

सिद्धकेदार बचत तथा ऋण सहकारी संस्थासंग अहिले ७ लाख ७० हजार रुपैयाँ शेयर पूँ्जी रहेको छ । यस्तै सहकारी संस्थासंग ९७ लाख रुपैयाँ बचत रकम रहेको छ भने ९६ लाख रुपैयाँ ऋण लगानी रहेको व्यवस्थापक ऐरीले बताए । 

सहकारी संस्थाले ग्रामीण क्षेत्रका नागरिकहरुको बित्तिय क्षेत्रमा पहुँच बढाउन सहयोग गरेको स्थानीय गणेशसिंह ऐरीले बताए । सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रका नागरिकहरुलाई विभिन्न उद्यममा सहभागी हुन सहयोग पुगेको उनले बताए । 

सिद्धकेदार बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै बित्तिय साक्षरताका कार्यक्रम समेत सञ्चालन गर्ने गरेको सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष ऐरीले बताए । उनले भने, ‘हामीले सहकारीको सिद्धान्त अनुसार आफ्नो कार्यक्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । यस्तै बित्तिय साक्षरताका बिषयमा पनि स्थानीयहरुलाई जानकारी दिने गरिरहेका छौं ।’

सहकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको व्यवस्थापक नारदसिंह ऐरीले बताए । उनले भने, ‘सहकारी संस्थाको कार्यक्षेत्र विस्तार गरी ग्रामीण क्षेत्रका नागरिकको बित्तिय क्षेत्रमा पहुँच पुर्याउनका काम गरिरहेका छौं ।’

सिद्धकेदार बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लगेर शेयर सदस्यहरु विभिन्न उद्यममा आवद्ध भएका अध्यक्ष ऐरीले बताए । पूँजीको अभावमा उद्यम गर्न नसकेका शेयर सदस्यहरुलाई सहजै ऋण उपलब्ध गराएर उद्यममा लाग्न प्रेरित गर्ने गरेको उनले बताए ।  


 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update