Sagun Khabar
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बझाङ –बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको केदारस्यूँ गाउँपालिका–५ बहोराडीकी ५९ बर्षीया कमला बोहराको भीरबाट लडेर मृत्यु भएको हो । 

बोहरा बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक सय मिटर तल खसेकी थिइन् । घाइते बोहरालाई उपचारका लागि चैनपुर पुर्याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update