
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ मुडापकी ११ बर्षीया ललिता भाटको उपचारमा आर्थिक अभाव भएको छ ।
सानै उमेर आमा गुमाएकी भाटका बुवा कृष्णसिंह भाटको समेत आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । केही दिन पहिला पेट दुखाईबाट पीडित भएपछि ललितालाई डडेल्धुरा अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उनको शल्यक्रिया भएपछि ललिताको उपचारमा सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता महेशराज भट्टले बताए । नेपाल राष्ट्रिय मावि पालीमा अध्ययनरत ललिताको उपचारमा आर्थिक अभाव भएकाले सहयोग अभियान सञ्चालन गरिएको उनले बताए ।
ललिताको उपचारमा मनकारी व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् । अहिलेसम्म एक लाख बढी रकम संकलन भइसकेको अभियान्ता भट्टले बताए । अहिले पनि ललिताको डडेल्धुरा अस्पतालमा उपचार जारी रहेको छ ।
यही असार २७ गते पेट दुखाइको समस्याबाट पीडित भएकी ललितालाई भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेयको सहयोगमा डडेल्धुरा अस्पताल पुर्याइएको थियो ।
ललिताको उपचारमा सहयोग गर्नुहुने महानुभावलाई उनकी आफन्त लक्ष्मी भाटको खातामा रकम जमा गरिदिन आग्रह गरिएको छ ।
सहयोगी महानुभावहरुले लक्ष्मी भाटको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको खाता नम्बर ०६५०५०५०५०२९११४९ रकम जमा गर्न सकिने बताइएको छ ।