Sagun Khabar
अपि नाम्पा संरक्षण क्षेत्रले मनायो १५ औँ स्थापना दिवस

दार्चुला –अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाले १५औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।

‘संरक्षणमा सामुदायिक सहभागिता जैविक विविधताको दिगो संरक्षण र उपयोगका लागि जनसंलग्नता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो । 

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख विनय कुमारका अनुसार विसं २०६६ असार २८ गते हिमालय क्षेत्रको जैविक विविधताको संरक्षण गर्न जनसमुदायको सहभागितामा स्थापित संरक्षण क्षेत्र एक हजार ९ सय ३ वर्ग मिटर क्षेत्रफलमा संरक्षण क्षेत्र फैलिएको छ ।

उच्च हिमाली जैविक विविधता र दुर्लभ वन्यजन्तु संरक्षणका लागि संरक्षण क्षेत्रको स्थापना गरिएको हो । संरक्षण क्षेत्रमा अपि, नाम्पा, व्याँस जस्ता उच्च हिमशृंखलाहरू समेटिएका छन् । यस क्षेत्रमा भारतीय प्लेट र तिब्बती प्लेटको भेट हुने स्थानसमेत पर्दछ । अपि नाम्पा संरक्षण क्षेत्र नेपालकै जैविक विविधता दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र रहेको छ ।

संरक्षण क्षेत्रको व्यवस्थापनमा स्थानीय समुदायको सहभागीता सुनिश्चित गर्न २७ वटा उपभोक्ता समूह, २ वटा उपभोक्ता समिति, १ वटा महिला समूह, युवा समूह, जनप्रतिनिधि, विद्यालय, विद्यार्थी, धार्मिक संस्था आदिको सहभागिता रहँदै आएको छ । जैविक विविधता संरक्षण, वनजन्य स्रोतको दिगो उपयोग, पर्यटन प्रबद्र्धन , वातावरणीय शिक्षा तथा अनुसन्धानमा यस क्षेत्रले योगदान पु¥याउदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update