Sagun Khabar
बैतडीको पाटन नगरपालिकाको लेखा शाखामा तालामाथि ताला  

बैतडी –बैतडीको पाटन नगरपालिकाको लेखा शाखामा तालामाथि ताला लगाइएको छ । 

लेखा शाखामा उपप्रमुखको नेतृत्वमा यही असार २६ गते ताला लगाइएको थियो । आर्थिक बर्षको अन्त्यमा भुक्तानी गर्दा आर्थिक अनियमितताको आशंकासहित लेखा शाखामा ताला लगाइएको थियो । 

उक्त तालाबन्दीका बिषयमा आइतबार नगर उपप्रमुखको कार्यकक्षामा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक र जनप्रतिनिधि लगायतको सहभागितामा छलफल भइरहेका बेला अर्को ताला लगाइएको हो । 

केही राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरुले उपप्रमुखको नेतृत्वमा ताला लगाउँदा उठाएका बिषयवस्तुमाथि छानबीन समिति गठन गर्नुपर्ने माग राख्दै अर्को ताला लगाइएको हो । 

पाटन नगरपालिकामा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेपछि यो बिषय पेचिलो बन्दै गएको छ । अहिले नगर प्रमुख गौरीसिंह रावल जिल्ला बाहिर रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update