Sagun Khabar
कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी कमलाको सर्पले डसेर मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा शनिबार मृत्यु भएको हो । छाउगोठमा सुतेकी उनलाई सर्पले डसेपछि अस्पताल पुर्याइएपनि उपचारका क्रममा निधन भएको बताइएको छ । 

छाउपडी प्रथाका कारण महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । 

महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ । जसले गर्दा महिलाहरुले अकालमै ज्यान गुमाउन बाध्य छन् ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update