पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु

बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । बैतडीको नाचन्थली नजिकै सडकमाथिबाट पहिरो खस्दा शनिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीचबाटोमै रोकिएका थिए ।
सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छ्याएपछि दिउँसो पौनी ३ बजेदेखी सडक पूर्णरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । अवरुद्ध सडक सुचारु भएसँगै रोकिएका सवारी साधनहरु गन्तब्यतिर लागेका प्रहरी निरीक्षक पाण्डेयले बताए ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १५:३७
प्रतिक्रिया दिनुहोस्