Sagun Khabar
बैतडीको ज्ञानेश्वर माविलाई एजुकेशन एक्सिलेन्स अवार्ड 

बैतडी –बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविले एजुकेशन एक्सिलेन्स अवार्ड २०८२ प्राप्त गरेको छ । 

शैक्षिक गुणस्तर सुधारमा अतुलनीय योगदान पुर्याएकाले ज्ञानेश्वर माविलाई तेश्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड प्रदान गरिएको केन्द्र बिन्दु अनलाइन मिडिया प्रालिका प्रबन्ध निर्देशक विदुर खतिवडाले बताए । 

सुदूरपश्चिमका सामुदायिक विद्यालयहरुमध्येबाट उत्कृष्ट छनौट भइ देशभरका सातओटा सामुदायिक विद्यालयभित्र छनौटमा परेर ज्ञानेश्वर माविले एजुकेशन एक्सिलेन्स अवार्ड हात पारेको हो । 

शुक्रबार काठमाण्डौमा आयोजित एक बिशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ज्ञानेश्वर माविका प्रधानाध्यपक पुष्पराज जोशीलाई अवार्ड प्रदान गरेका हुन् । 

अवार्डले प्राप्त भएपछि शैक्षिक गुणस्तर सुधार थप सक्रिय भएर लाग्ने हौसला मिलेको प्रधानाध्यापक जोशीले बताए । 

जिल्लाको नमूना सामुदायिक विद्यालयको रुपमा रहेको ज्ञानेश्वर माविले शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update