Sagun Khabar
जिसस बैतडीको नवौं जिल्ला सभा सम्पन्न, के–के भए निर्णय ?

बैतडी–विभिन्न निर्णयहरु पारित गर्दै जिल्ला समन्वय समिति बैतडीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । 

जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको सभाले मुख्य १३ ओटा निर्णय पारित गरेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । 

जिल्ला सभाले बैतडीका धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्वद्र्धन तथा प्रचारप्रसारका लागि आवश्यक कदम चाल्ने, सार्वजनिक महत्वका विकास निर्माणका कामहरुलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायसंग समन्वय गर्ने, विपद् व्यवस्थापनका लागि सबै तहका सरकारहरुसंग समन्वय गर्ने, जिल्लामा रहेका खानीहरुको सम्भाव्यता अध्ययनका लागि पहल कदमी लिने, शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्ने लगायतका निर्णय भएका भाटले बताए । 

यस्तै सीमा नाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि संघीय सरकारलाई भारतसंग आवश्यक समन्वय गर्न आग्रह गर्ने, जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा विक्रि भइरहेको मदिरोको कारोबारमा रोक लगाउन पहल गर्ने निर्णय समेत भएको भाटले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको जिल्लामा सभामा समिति सदस्यहरुका साथै नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update